Comments Add Comment

सचिवलाई भेट्न आएका कार्यालय प्रमुखहरुले हतार-हतार किन लगाए फोन ?


१० फागुन, भैरहवा । सरकारले गठन गरेको केन्द्रीय अनुगमन तथा निरीक्षण टोलीले लुम्बिनीका ६ जिल्लामा पुँजीगत बजेटको खर्च सन्तोषजनक नभएको निश्कर्ष निकालेको छ ।

मंगलबार जिल्ला प्रशासान कार्यालय रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा ६ जिल्लाका कर्मचारीले प्रस्तुत गरेको पुँजीगत खर्चको विवरण न्युन देखिएको हो ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीबाट आएका कर्मचारीले प्रस्तुत गरेको पुँजीगत विवरणले चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म पनि पुँजीगत बजेट खर्च गर्न नसकिएको स्वीकारे ।

केन्द्रीय अनुगमन तथा निरीक्षण टोलीका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव सचिव टंकमणि शर्माले कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिएका छन् ।

भैरहवामा केन्द्रीय अनुगमन तथा निरीक्षण टोली र कर्मचारीबीचको छलफलका लागि ६ जिल्लाका कार्यालय/आयोजनाका प्रमुखहरुलाई बोलाइएको थियो ।

कार्यक्रममा अधिकांश कर्मचारी खाली हात आएका थिए । तर, सचिव शर्माले सहभागी प्रत्येक कार्यालय प्रमुख/प्रतिनिधीले आ-आफ्नो कार्यालयको काम कारवाही र बजेटको प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएपछि अधिकांश कर्मचारीको होसहवास उड्यो ।


त्यसपछि तत्काल उनीहरुले आ-आफ्नो कार्यालयमा फोन लगाएर सोधपुछ थाले । प्रमुखहरुले कार्यालयहरुको बजेट प्रगति मुखैले सुनाए । तर, त्यो पनि खर्च न्युन रुपमा भएको विवरण नै थियो ।

केही कार्यालयको ७ महिनासम्म भौतिक प्रगित ५० प्रतिशत र वित्तीय प्रगति १० प्रतिशत मात्र भएको सुनाएपछि सचिव शर्माले असन्तुष्टी ब्यक्त गरे ।

‘बजेट खर्च गर्नुस्, नभए रकम फ्रीज भएपछि जनतालाई के जवाफ दिनुहुन्छ ?’ सचिव शर्माले कर्मचारीलाई निर्देशन दिँदै भने ।

कर्मचारीले समयमा योजना स्वकृत नहुनु, दरबन्दी अनुसारको कर्मचारी नहुनु लगायतको कारण विकास बजेट राम्रोसँग खर्च गर्न नसकेको बाहाना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment