Comments Add Comment

धुर्मुस सुन्तली पुनर्निर्माण प्राधिकरणको सदभावना दूत नियुक्त

१० फागुन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली) सभावना दुत बनाउने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको कार्यकारी समितिको बैठकले भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी काममा व्यक्तिगत तवरबाट उल्लेखनीय योगदान पुर्‍याएको भन्दै हास्य कलाकारद्धय कट्टेल र घिमिरेलाई सद्भावना दुत बनाउने निर्णय गरेको हो ।

बैठकले निजी आवास अनुदानको हकमा २०७३ पौष मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीहरुले २०७३ साल चैत्र १५ सम्म दोस्रो किस्ताको लागि तोकिएको मापदण्ड अनुसार आवेदन दिइसक्न सूचना जारी गर्ने निर्णय गरेको प्रवक्ता यमलाल भुसालले बताए ।

बैठकले सिंहदरवारको पश्चिमी मोहडा तर्फको भागलाई संरक्षण/प्रवलीकरण गर्ने गरी गठित कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वको कार्यकारी समिति अन्तरगत कार्यान्वयन उपसमितिलाई ग्यालरी बैठकको पुनर्निर्माणको जिम्मेवारी पनि दिएको छ ।

प्रवक्ता भुसालका अनुसार भूकम्पबाट प्रभावित व्यक्तिहरु मध्ये अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका र बिपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधि अनुसार प्राथमीकरण गर्न स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि २०७२ दफा (९) बमोजिम सिफारिस भई आएका विभिन्न ५ ओटा गैरसरकारी संस्थाहरुलाई सम्बन्धित निकायले तोकेको मापदण्डभित्र रही संचालन गर्न स्वीकृती दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment