Comments Add Comment

नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना

१० फागुन काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार तथा लगानीलाई प्रोत्साहन गर्ने भन्दै नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ ।

मंगलबार नेपाल इजरायल चेम्बर अफ कमर्सको औपचारिक उद्घाटन भएको छ । राजधानीको अन्नपुर्ण होटलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल इजरायल चेम्बर अफ कमर्सको औपचारिक उद्घाटन गरेका हुन् ।

नेपाल इजरायल चेम्बर अफ कमर्समा शिशिरकुमार भट्ट अध्यक्ष बनेका छन् । साथै उपाध्यक्षमा रबिचन्द्र सिंह र महासचिवमा जे आर थापालाई मनोनयन गरिएको छ । कोषाध्यक्षमा भने हेमन्त गोल्छा मनोनयन भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले इजरायलबाट आउने लगानीको लागि आफुहरुले उचित वातावरण दिने आश्वासन दिएका छन् ।

उनले भने ‘लगानी भित्राउनुहोस् , हामी त्यसको सुरक्षा र उचित वातावरण दिनेछाैं। ‘साथै महतले इजरायलले प्रयोग गरिरहेको कृषि प्रविधि नेपालमा पनि भित्र्याउन पर्ने बताएका छन् ।

अध्यक्ष भट्टले भने इजरायलबाट नेपालमा लगानी भित्र्याउनको लागि नेपाल इजरायल च्याम्बर अफ कमर्स माध्यम बन्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment