Comments Add Comment

श्रीदेवीकी छोरी पार्टीमा ब्वाइफ्रेन्डसँग नाचिन्

श्रीदेवीकी छोरी जान्ह्वी कपुरलाई अहिले मीडियाले पच्छ्याइरहेका छन् । बलिउड डेब्यु गर्ने चर्चासँगै आफ्नो तस्बिरको कारण उनी ‘लाइम-लाइट’मा रहेकी छिन् ।

यसै मेसोमा उनको एक भिडियो बाहिर आएको छ, जहाँ जान्ह्वी मस्त नाचिरहेकी छिन् । र, उनको नृत्यमा साथ दिइरहेका छन् शिखर पहरियाले । भनिहालौ, जान्ह्वीको ब्वाइफ्रेन्ड हुन्, शिखर । यसअघि उनीहरुलाई थुप्रै पटक एकसाथ देखिएको थियो ।

त्यसरात भने जान्ह्वी आफ्नी आमासँग कुनै पार्टीमा पुगेकी थिइन् । अक्सर श्रीदेवीले छोरी जान्ह्वीलाई डोहोर्‍याउने गर्छिन् । उसैगरी पार्टीमा पुगेकी छोरी जान्ह्वीले ब्वाइफ्रेन्ड शिखरसँग मस्त रमझम गर्न भ्याइन् ।

पार्टीमा जान्ह्वी मनीषा मल्होत्राको डिजाइनमा सजिएकी थिइन् । लेहेंगा र चोलीमा उनलाई खुबै सुहाएको थियो । जान्ह्वी आफ्नो फोटो सोसल मीडियामा शेयर गरिहाल्छिन् । के सुनिन्छ भने, श्रीदेवीले आफ्ना दुई छोरीलाई सेल्फी लिन र शोसल मीडियामा पोस्ट गर्नका लागि बन्देज लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment