Comments Add Comment

जियादेखि दिव्यासम्म, किन विवादित बन्यो मृत्यु ?

अभिनेत्री जिया खान आज हामीसामु भइदिएको भए, उनी २९ बर्षको भइसकेकी हुन्थिन् । तर, २०१३ जुन २ मा उनले यस संसारबाट बिदा लिइन् । हाउसफूल, निशब्द जस्ता फिल्ममा अभिनय गरेकी उनको मृत्युले बलिउडमा ठूलै हंगमा मच्यायो ।

सुरुमा आत्माहत्या भनियो । तर, यो घटनामा त्यसबेला ट्वीस्ट आयो, जब चार महिनापछि वकिलले जियाको मृत्त देहको फोटो सार्वजनिक गरिदिए । उक्त फोटोले ब्वाइप|mेन्ड सूरज पन्चोलीमाथि आशंका गर्ने प्रशस्तै ठाँउ दिएको थियो ।

जियाको मृत्युपछि खिचिएको उक्त फोटोबाट यसलाई आत्माहत्या भन्दा पनि हत्या भएको धेरैले निष्कर्ष निकाले । यो विवाद अहिलेपनि ज्यूँको त्यूँ छ ।

पछि बि्रटिश फोरेन्सिक एक्स्पर्टको रिपोर्टले के भन्यो भने, ‘जियाको हत्या गरेपछि उसको मृत्त शरीरलाई झुन्ड्याइएको हो ।’

जिया खान जस्तै विवादस्पद छ, अन्य बलिउड सेलिबे्रटीमो मृत्यु पनि । जस्तो कि, प्रत्युषा बनर्जी ।

‘बिग वोस-७’ मा देखिएकी प्रत्युषाको मृत्युपछि यस्तो फोटो वाहिर आयो, जसले उनको मृत्यु प्रकरणलाई शंकास्पद बनाइदियो ।

उनकै समकक्षी एजाज खानले प्रत्युषाको लासको फोटो फेसबुकमा शेयर गरे र लेखे, ‘यो मेरो साथी प्रत्युषा बजर्नीको मृत्युको फोटो । यदि उनले सुसाइड गरेको भए आँखाको तल देखिएको दाग कसरी आयो ? नाखको तलतिर कुटिएको निसान कसरी देखियो, ओंठमा चोट कसरी देखियो ?’ २०१६ को अपि्रलमा प्रत्युषालाई आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो ।

जिया खान

अभिनेत्री

मृत्यु- ३ जुन २०१३

२५ बर्षको उमेरमा आफ्नै घरको पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

दिव्या भारती

अभिनेत्री

मृत्यु- ५ अप्रिल १९९३

१९ बर्षको उमेरमा वर्सोवास्थित तुलसी अपार्टमेन्टको पाँचौ तलाबाट लडेर मृत्यु भएको थियो ।

 

परवीन बाबी

अभिनेत्री

मृत्यु २० जनवरी २००५

५५ बर्षको उमेरमा आफ्नो घरमा मृत्त अवस्थामा भेटिएकी थिइन । मृत्यु भएको ७२ घण्टा पछि मात्र उनको लास फेला पारिएको थियो ।

 

प्रत्युषा बजर्नी

अभिनेत्री

मृत्यु १ अप्रिल २०१६

गोरेगाँउस्थित आफ्नै फ्ल्याटमा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी ।


नफीसा जोसफ

मोडल तथा अभिनेत्री

मृत्यु – २९ जुलाई २००४

२६ बर्षको उमेरमा वर्सोवा, मुम्वईस्थित आफ्नो घरमा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
उदय किरण

तेलुगु अभिनेता

५ जनवरी २०१४

३३ बर्षको उमेरमा श्रीनगर कोलोनी हैदराबादस्थि आफ्नै फ्ल्याटमा मृत्त अवस्थामा पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment