Comments Add Comment

बुधबारदेखि काठमाडौंमा तीनदिने साहित्य-कला महोत्सव

१० फागुन, काठमाडौं । राजधानीमा बुधबारदेखि नेपाल-दक्षिण कोरिया साहित्य, संस्कृति र कला महोत्सव हुने भएको छ ।

नेपाली लेखक संघ र युरासिया कल्चर फोरम, कोरियाको संयुक्त आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने महोत्सव शुक्रबारसम्म चल्नेछ ।

महोत्सवमा युरासियाका तर्फबाट ६० भन्दा बढी साहित्यकार, कलाकर्मी, संस्कृतिकर्मीको उपस्थिति रहने र नेपालका तर्फबाट पनि पाँच सयभन्दा बढी लेखक, कलाकार र संस्कृतिकर्मी सहभागी हुने जनाइएको छ ।
महोत्सवको पहिलो दिन नेपाल र कोरियाका भाषा-साहित्य, संस्कृति, कला र समाजशास्त्रसम्बन्धी आठ वटा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि छलफल हुने लेखक संघका कार्यवाहक अध्यक्ष कवि श्रवण मुकारुङले बताए ।

फागुन १२ गते दुवै मुलुकका दुई दर्जन कविले कविता वाचन गर्नेछन् भने डेढ दर्जन नेपाली गजलकारले गजल प्रस्तुत गर्नेछन् । सो क्रममा नेपाली कवि र गजलकारले विभिन्न मातृभाषामा सिर्जना सुनाउनेछन् ।

अन्तिम दिन नेपाली र कोरियाली चित्रकार तथा मूर्तिकारका चित्रकला, मूर्तिकलाको प्रदर्शनी तथा कलाबारे अन्तर्क्रिया गरिनेछ ।

नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक, साहित्यिक, कलाको आदानप्रदान गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संघका महासचिव रत्नमणि नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment