Comments Add Comment

मोर्चासहित निर्वाचनमा जान दलहरुको जोड

११ फागुन, काठमाडौं । सरकारलेे आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुले त्यसलाई स्वागत गर्दै असन्तुष्ट मधेसी मोर्चालाई समेटेर चुनावमा जान जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार आयोजना गरेको सर्बदलीय बैठकमा नेताहरुले मोर्चालाई पनि सहमतिमा ल्याएर चुनाव गर्न सुझाव दिएको आजको राजधानी दैनिकले समाचार छापेको छ ।

नेताहरुले मधेसी मोर्चालाई पनि चुनावमा समेट्नका लागि मध्यमार्गी बाटो अपनाउन सकिनेमा समेत सरकारलाई सुझाए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति घोषणा भइसकेपछि संसदमा बिचाराधीन संविधान संशोधन प्रक्रियामा अवरोध नगर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment