Comments Add Comment

आजका पत्रपत्रिकामा फ्रन्टपेजः निर्वाचन घोषणापछि संविधान संशोधन अघि बढ्ने

११ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकारले आगामी बैशाखको अन्तिम दिन स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि संसदमा बिचाराधीन संविधान संशोधन बिधयेक अघि बढाउन दलहरु सकारात्मक भएको समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेका छन् ।

आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा भएको छलफलपछि दलहरु बुधबारदेखि संविधान संसोधन प्रक्रिया संसदमा अघि बढाउन सहमत भएको समाचारलाई प्रमुख बनाएको छ ।

त्यस्तै गोरखापत्र दैनिकले पनि संशोधन प्रक्रिया अघि बढाउन दलहरु सकारात्मक रहेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले भने स्थानीय निकायको निर्वाचनपछि प्रतिनिधि छानिने प्रक्रियालाई फ्रन्टपेजमा छापेको छ ।

आजको नागरिक दैनिकले भने तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब भइरहेको भन्ने समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ । साथै निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलनकार्य बन्द भएको समाचार पनि उसले फ्रन्टपेजमै छापेको छ ।

आजको अन्नपूर्ण पोस्टले भने फरक समाचारलाई प्रमुख बनाएको छ । नेपाल टेलिकमले अत्याधिक नाफा कमाइरहेको समाचारलाई उसले प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment