Comments Add Comment

आइजीपी नियुक्ति विवादको सुनुवाइ आज

११ फागुन, काठमाडौं । सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ ।

डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।

सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए ।

प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment