Comments Add Comment

आजका पत्रिकामा आर्थिक समाचारः द्रुतमार्ग निर्माणले तीव्रता पाउने

१० फागुन, काठमाडौं । वर्षौदेखि अन्योलमा रुमलिएको काठमाडौं-निजगढ दु्रतमार्ग निर्माणले अब तीब्रता पाउने भएको छ ।

स्वदेशी लगानीमै दु्रत मार्ग निर्माणका सन्दर्भमा नागरिक दैनिकले ‘द्रुतमार्ग निर्माणले तीव्रता पाउने’ उल्लेख गरेको छ । ‘कम्पनी खारेज गर्न दुई वर्ष’ शीर्षकको समाचार र ‘२४ सै घण्टा पानी दिन मेलम्ची दोस्रो’लाई नागरिकले छापेको छ ।

गैसस र सहकारीले निजी कम्पनीमा लगानी गर्न नपाउनेलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पूँजीगत खर्च प्रक्षेपणभन्दा बढी बजेट माग भएकोलाई पनि कारोबारले लेखेको छ ।

नक्कली टे्रडमार्कविरुद्ध उजुरी बढेकोलाई लेखेको कारोबारले ठूला पूर्वाधार बनाउन पीपीपी नै उपयुक्त हुनेलाई कारोबारले उल्लेख गरेको छ ।

पूर्वाधारमा लगानी बढाउन जोड दिएकोलाई अभियानले मुख्य समाचार बनाएको छ । अब चार ‘पी’ मोडललाई प्रमुख स्थान दिएको अभियानले एडीबीको ४ करोड ३८ लाख डलर सहयोगलाई पनि उल्लेख गरेको छ ।

बजेटको मध्यावधि समीक्षामा आयोजना बैङ्कको अवधारणा सन्दर्भमा अभियानले प्राथमिकताका आधारमा आयोजना छनोट हुनेलाई उल्लेख गरेको छ ।

‘खर्च नभएपछि बजेट संशोधन’लाई मुख्य समाचार बनाएको अन्नपूर्ण पोस्ट्लेले दु्रतमार्ग निर्माणको सन्दर्भमा भारतीय कम्पनीकै डीपीआर उपयुक्त हुनेलाई लेखेको छ ।

१ खर्ब १३ अर्ब बजेट घटेकोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै १८ वर्षदेखि अलपत्र थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइनलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment