Comments Add Comment

तनहुँमा नेपालकै ठूलो चिडियाखाना स्थापना हुने

११ फागुन, काठमाडौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्यविनायक सार्ने तयारी भइरहँदा सरकारले तनहुँको भानु-घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए ।

४२५ हेक्टर फराकिलो

प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने सरकारी योजनाअनुरुप तनहुँमा नेपालकै अहिलेसम्मकै ठूलो चिडियाखना (प्राणी उद्यान) बनाउने प्रक्रिया अघि बढेको हो ।

अहिले जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्याबिनायकका २३१ हेक्टर वन क्षत्रेमा सार्ने गरी काम भइरहेको छ । सूर्यबिनायकको वन क्षत्रेमा अहिले कम्पाउण्डिङको काम सुरु गरिँदैछ ।

अब बन्ने प्राणी उद्यान भने ४ सय २५ हेक्टर क्षेत्रफलमा फैलिने छ । जहाँ नेपालमा पाइने धेरैजसो वन्यजन्तुलाई राखिनेछ । सहायक प्रवक्ता दाहलले लोपोन्मुख वन्यजन्तु र तिनका विभिन्न प्रजातिहरु तनहुँको प्राणी उद्यानमा राखिने बताए ।

पर्या-पर्यटन विकासको योजना

‘यसलाई नेपालका वन्यजन्तुको अध्ययन केन्द्रका रुपमा पनि विकास गर्ने योजना छ । सँगै पर्या-पर्यटनको विकासका लागि पनि यो कोसेढुंगा सावित हुनेछ’ दाहालले भने ।

तनहुँमा राखिने प्राणी उद्यानको विकासका लागि गुरुयोजना तयार पार्ने काम सुरु भइसकेको छ । गुरुयोजना बनाएर उद्यान स्थापनको काम थालि हाल्न मन्त्रालय आतुर रहेको दहालले बताए ।

‘यसको प्रारम्भिक अध्ययन भइसकेको छ । सो क्षेत्र प्राणी उद्यान राख्न निकै उपयुक्त देखिएको छ’ उनले भने,’जंगलमै राखिने भएकाले यस्तो उद्यानमा घुम्न जानु नेपालमा नयाँ किसिमको अनुभव हुनेछ ।’

उनले यसले पोखरा जाने पर्यटकलाई समेत समेट्ने भएकाले स्थानीय क्षेत्रमा यसले पर्यटकीय घनत्व बढाउन पनि मद्दत पुग्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment