Comments Add Comment

आप्रवासीलाई निकाल्न ट्रम्प प्रशासनले ल्यायो नयाँ रणनीति

११ फागुन, काठमाडौं । ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ । साथै १० हजार अध्यागमन कर्मचारी थप्ने भएको छ ।

मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाउने प्रयासमाथि अदालतले रोक लगाएको छ र, यसको चौतर्फी आलोचना भइरहेको छ ।

ट्रम्प प्रशासनले अब गैरकानुनी आप्रवासीलाई उनीहरुकै देशमा फर्काउने गरी नयाँ रणनीति बनाएको छ ।

नयाँ निर्देशिकाले आप्रवासीहरु सम्वन्धी कानुनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिएको छ । यसको पहिला निशानामा आवश्यक कागजात विना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासीहरु पर्नेछन् ।

साथै ट्राफिक नियम उल्लंघन वा चोरीमा संलग्नहरुलाई समेत कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ ।

हृवाइट हाउसका प्रवक्ता एन स्पाइससले आम रुपमा देश निकाला नहुने तर, भएका कानुन कार्यान्वयनमा जोड दिने बताए । देशको सुरक्षालाई जोखिममा पार्न सक्ने वा अपराधिक गतिविधिमा संलग्नहरुलाई उनीहरुकै देश फर्काउने योजना रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment