Comments Add Comment

अजरबैजानका राष्ट्रपतिले आफ्नै श्रीमतीलाई बनाए उपराष्ट्रपति

अजरबैजानका राष्ट्रपति इलम अलिएभले पत्नी मेहरिवानलाई मुलुकको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन् ।

गत सेप्टेम्बरमा भएको जनमतसंग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति छान्ने अधिकार दिएपछि राष्ट्रपति अलिएभले ५२ बर्षीया पत्नी मेहरिवानलाई उपराष्ट्रपति नियुक्त गरेका हुन् ।

१९ बर्र्षको उमेरमा अहिलेका राष्ट्रपति अलिएभसँग विवाह गरेकी अजरबैजानकी नयाँ उपराष्ट्रपतिले यसअघि सांसद र गैरसरकारी संस्थाको प्रमुखको रुपमा काम गरेकी छन् ।

अजरबैजानको संविधानले उपराष्ट्रपतिको स्पष्ट जिम्मेबारी भने तोकेको छैन । तर संविधानमा राष्ट्रपति अनुपस्थित भएका बेला उनको जिम्मेबारी उपराष्ट्रपतिले बहन गर्ने उल्लेख छ ।

पूर्व सोभियत संघबाट अलग्गिएको अजरबैजानको राष्ट्रपति पद अलिएभले सन् २००३ मा आफ्ना पिताको बिरासतको रुपमा पाएका थिए । अहिले पत्नीलाई उपराष्ट्रपति बनाएपछि त अजरबैजान अलिएभको पेवा सरह बनेको बताइन्छ ।

अलिएभका पिताले सोभियत संघबाट अलग्गिएपछिको पहिलो राष्ट्रपतिको रुपमा ३ दशक राज्य गरेका थिए । उर्जा र सुरक्षाका सवालमा युरोप र अमेरिकासँग नजिक रहेको अजरबैजानमा अशान्ति भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment