Comments Add Comment

प्रधानमन्त्रीसँग युनेस्कोका उम्मेदवार डा. कवारीको भेट

११ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग युनेस्कोको डाइरेक्टर जनरल पदका उम्मेदवार डा. हदम अल कवारीले भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको निर्वाचनमा आफूलाई मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने आश्वासनसमेत दिए ।

जवाफमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने जनाए । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारलेे थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment