Comments Add Comment

हङकङका पूर्वप्रमुखलाई २० महिनाको जेल सजाय

हङकङका भुतपूर्व नेता डोनाल्ड चाङलाई खराब आचरणका लागि २० महिनाको जेल सजाय सुनाइएको छ । २००५ देखि २०१२ सम्म हङकङको नेतृत्व गरेका चाङ भ्रष्टाचारको मुद्दा खेप्ने यस क्षेत्रका सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

चीनमा रहेको एउटा महंगो फ्ल्याटसँग जोडिएको विषयमा सरकारी सेवामा रहँदा खराव आचरण प्रस्तुत गरेकोमा गत साता चाङलाई दोषि पाइएको थियो । उनलाई सजाय सुनाउँदै न्यायाधिस एन्ड्र्यू चानले भने, ‘मैले आफ्नो न्यायिक जीवनमा कुनै पनि व्यक्तिलाई यति उचाईबाट तल खसेको देखेको थिइनँ ।’

हङकङका केही भूतपुर्व अधिकारीहरुले चाङको आचरणको प्रतिरक्षा गर्दै अदालतलाई पत्र लेखेका थिए । न्यायाधिसले चाङको प्रतिष्ठा र सार्वजनिक सेवामा रहेर लामो समय दिएको योगदानलाई दृष्टिगत गरेर उनको सजायलाई ३० महिनाबाट २० महिनामा झारेको प्रष्टिकरण दिएका छन् । यस मुद्दामा अधिकतम सात वर्षको जेल सजाय हुनसक्थ्यो ।

फैसलापछि चाङलाई सिधै हस्पिटल लगिएको छ, जहाँ उनी छाति दुखेको भनेर सोमबारदेखि बस्दै आएका छन् ।

चाङको फ्ल्याट प्रकरण उनको कार्यकालको अन्त्यतिर २०१० देखि २०१२ को बीचतिरको हो । चाङ आफैंले लाइसेन्स स्वीकृत गरेका एक ब्रोडकास्ट कम्पनीको सेयरहोल्डरबाट मुख्यभुमी चीनमा एउटा आलिसान फ्ल्याट भाडामा लिएको आरोप सरकारी वकिलहरुले लगाएका थिए । अदालतको जुरीले फ्ल्याटको भाडा खुलाउन नसकेकोमा चाङलाई दोषि ठहर गरे पनि यस क्रममा उनले घुस स्वीकार गरेको वा नगरेको निस्कर्षमा पुग्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment