Comments Add Comment

पर्यटक बोक्ने हात्तीको आक्रमणबाट माउते गम्भीर घाइते

११ फागुन, चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटक बोक्ने हात्तीको आक्रमणबाट माउते गम्भीर घाइते भएका छन् ।

स्थानीय ओम रिजालको रामु नाम गरेको भाले हात्तीले आक्रमण गर्दा माउते, माडी बनकट्टाका २९ बर्षीय लक्ष्मण बोटे गम्भीर घाइते भएका हुन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुई दिनदेखि हराएको हात्ती बाघमारा मध्यवर्ती सामुदायिक वन अगाडिको चौरमा देखिएपछि नियन्त्रणमा लिन खोज्दा हात्तिले माउतेलाई आक्रमण गरेको थियो । घाइते बोटेको हात भाँच्चिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उपचार भइरहेको छ ।

दुई बर्षअघि पनि सौराहामा हात्तीको आक्रमणबाट एक माउतेले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment