Comments Add Comment

बालबालिकालाई हस्तमैथुन सिकाउने किताबले इन्डोनेसियामा हंगामा

११ फागुन, काठमाडौं । इन्डोनेसियामा बालबालिकालाई लक्षित गरी निकालिएको एउटा पुस्तक तीव्र विवादमा परेको छ । पुस्तकमा हस्तमैथुनसम्वन्धी सामग्री समावेश गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् ।

यस पुस्तकको एउटा पाठ छ- आफूलाई नियन्त्रणमा राख्नका लागि सिकौं । यसलाई फिता चक्राले लेखेका हुन् ।

पुस्तक बजारमा आएलगत्तै सामाजिक सञ्जालमा चर्चित बनेको थियो । यही सन्दर्भमा यौन शिक्षालाई लिएर धेरैले आफ्नो राय प्रकट गरेका छन् । साना बच्चाका आमा-बुवाले पुस्तकप्रति निकै रोष पोखेका छन् ।

फेसबुकमा एकजनाले लेखेका छन्, ‘आमाहरु, आफ्नो बच्चाको लागि किताब किन्दा सावधान हुनुस् । किताबको बिषयवस्तुलाई राम्ररी अवलोकन गरिसकेपछि मात्रै किन्नुस् ।’

किताबको एउटा पाना अनलाइनमा खुब सेयर भइरहेको छ । यसमा एक बच्चा ओछ्यानमा सुतिरहेको देखिन्छ । उ भन्छ, ‘मैले तकियालाई आफ्ना दुई खुट्टाभित्र च्यापेको छु । म आफ्नो शरीरलाई तल-माथि गर्छु । मलाई खुब मजा आइरहेको छ । मेरो ढुकढुकी बढिरहेको छ । तर म खुशी छु ।’

किताबको अर्को एउटा स्क्रिनसट पनि छ । यसमा बच्चाले भन्छ, ‘मैले मजाका लागि एउटा नयाँ खेल सिकेको छु । कहिलेकाहीँ म आफ्नो हात आफ्नो पाइन्टभित्र घुसारिदिन्छु । म यस्तो बारम्बार गर्न चाहन्छु ।’

संसारमै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश इन्डोनेसियामा यौनको विषयमा खुलेर कुराकानी गर्न मनाही छ । आमाबुवा र छोराछोरीहरु बीच त झन् यस विषयमा कुरै हुँदैन । यद्यपि बालबालिकामा यौनशिक्षाको महत्वलाई लिएर मानिसहरुमा जागरुकता भने बढिरहेको छ ।

बालबालिकाहरुलाई यौनशोषणबाट बचाउनका निम्ति पनि यस्तो जागरुकताको प्रसार आवश्यक ठानिएको छ । तर, यसका बाबजुद इन्डोनेसियाको बाल संरक्षण आयोगले भनेको छ कि किताबको ‘आफूमाथि नियन्त्रण राखौं’ भन्ने पाठले बालबालिकालाई नोक्सानी पुर्‍याउँछ । यसबाट उनी बिग्रीन सक्ने आयोगको ठहर छ ।

किताबका प्रकाशक टिगा सेरांगकी भन्छन्, ‘यो किताबको उद्देश्य यही बताउनु हो कि बच्चाहरु किन यस्तो गर्छन् । हामी बताउन चाहन्छौं कि यो काम अनुचित हो र स्वास्थ्यको लागि पनि ठीक छैन ।’

प्रकाशकले विवाद आएपछि गत डिसेम्बरमा सो किताब बजारबाट फिर्ता लिइएको बताएका छन् । तर थुप्रै बुक स्टोरहरुमा अझै किताब बिक्री भइरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment