Comments Add Comment

के यी १४ वर्षे बालक नै हुन् फेसबुकको भविष्य ?

माइक्रोसफ्टका सिइओ सत्या नादेलाले झण्डै एक वर्ष पहिले बोट नामक एपका बारेमा बोलेका थिए । उनका अनुसार बोट एउटा यस्तो एप हुनेछ जसले इन्टरनेटमा दिएका कामहरु गर्नेछ । यसलाई वेब रोबोट पनि भनिन्छ ।

यस्ता बोटमध्ये अधिकांस निस्त्रिmय वा बेकार पनि छन् । तर यसै हप्ता क्यानडाको भिक्टोरिया निवासी १४ वर्षका एक किशोर एलक जोन्सले सबैको आशा जगाइदिएका छन् ।

पछिल्लो ६ महिनादेखि जोन्सले क्रिस्टोफर बोटमा काम गरिरहेका छन् । यो एउटा यस्तो च्याट बोट हो जसले विद्यार्थीहरुलाई उनीहरुको साप्ताहिक होमवर्क खोज्नमा सहयोग गर्दछ ।

यसलाई सेट गर्नका लागि यो बोटसँग केवल स्कुलको टाइमिंग सेट गरे पुग्दछ । तत् पश्चात स्कुलमा हरेक पाठ सकिएसँगै बोटले विद्यार्थीहरुलाई सन्देश पठाउँदछ र सोध्छ, होमवर्क पाइयो की पाइएन ?

यो बोटको काम गर्ने तरिका जान्नका लागि मैले ३० वर्षको आफुलाई बच्चाजस्तै गरी पेश गरेँ । बोटले मलाई सोध्यो, के तिमीसँग गणितको होमवर्क छ ?

मैले भनेँः छ ।

मलाई के होमवर्क दिइएको छ भन्ने सोध्नुभन्दा अघि बोटले भन्यो ः तिमीलाई होमवर्क दिएर तिम्रो शिक्षकलाई आरामको आवश्यकत

छ ।

मेरो जवाफ थियो बिज गणित ।

ठीक छ, मैले बुझेँ ।

इसको माध्यमबाट म आफ्नो होमवर्कको साप्ताहिक क्यालेन्डरमा बिजगणितलाई थप्न सक्दछु र मलाई यसमा के के गर्नुछ भन्ने कुरा पत्ता पनि लगाउन सक्दछु ।

मैले आफ्नो होमवर्क पूरा गरेर क्रिस्टोफर बोट लाई जानकारी गराएँ । मैले होमवर्क सकेको बताएपछि क्रिस्टोफरले मलाई बधाइ दियो । त्यसपछि मैले गर्नुपर्ने कामको सूचिबाट त्यो होमवर्कको लिस्ट आफै हट्यो ।

यसको सबैभन्दा राम्रो पक्ष के भने विदाको दौरानले यसले तपाइँलाई हैरान पार्दैन ।

यो प्रविधिको बारेमा मलाई जुन चिजले सबैभन्दा धेरै प्रभावित गर्यो त्यो हो, पहिलोचोटी कुनै च्याटबोट कुनैपनि समस्याको समाधानको सही तरिका बनेको थियो । जबकी अन्य च्याटबोट कुनै अरुका नक्कल गरिएका थिए ।

जस्तै सिएनएनको च्याटबोटलाई लिन सक्नुहुन्छ । यो खबर दिने मामिलामा सबैभन्दा खराब बोट मध्ये एक हो ।

त्यस्तै मौसमसँग सम्बन्धित जानकारी प्रदान गर्ने च्याटबोट हो पोन्चो । यद्यपि यसको प्रचार खुबै भएको छ र संवेदनशील पनि छ, तर यसको वैगुन के भने जब तपाइँको टाउकेामा पानीको सानो थोपा पर्दछ तब यसले वषर्ा हुनलाग्यो भनेर हुइँया मच्चाउँछ ।

तर क्रिस्टोफर बोटको क्षमता यो हो की यसले घरबाटै च्याटको माध्यमबाट काम गर्दछ ।

एलन भन्छन् उनी चाहँदैनन् की यसले रोबोटजस्तै आवाज निकालोस् । जसरी मेरा साथीहरु कुराकानी गर्न चाहन्छन्, मैलेपनि उसैगरी कुराकानी गरुँ । यदि तपाइँसँग गर्नुपर्ने होमवर्क छ भने त जो कोहीले पनि तपाइँलाई भन्दछ, जाओ होमवर्क गर ।

यो बोट एक एप (जस्तै फेसबुक मेसेन्जर) भित्र काम गर्दछ, जसलाई तपाइँका साथीहरुले पहिले नै प्रयोग गरिरहेका हुन्छन् । स्न्यापच्याट यसका लागि सबैभन्दा राम्रो एप हुनसक्दछ ।

संक्षेपमा यो भन्न सकिन्छ की च्याटबोट एउटा यस्तो उत्पादन हो, जसमाथि कम्पनीहरुले दाउ लगाइरहेका छन् ।

च्याटबोटको सफलता मापन गर्न अहिले नै कठीन छ । विज्ञापन पत्रिका एडएजका अनुसार बोट तथा त्यसलाई विकशित गर्ने कम्पनीको विश्लेषणमा धेरै त्रुटीहरु रहेका छन् । यो यसकारण पनि हुनसक्छ की च्याटबोट बल्ल सुरुवाती अवस्थामा छ ।

इो हप्ताको सुरुमा एलकको बोटलाई प्रडक्ट हन्टमा शेयर गरियो । उक्त वेबसाइट प्रयोग गर्नेहरुको पृष्ठपोषण्का आधारमा कुनैपनि प्रविधिका बारेमा जानकारी दिने गरिन्छ ।

एलक कुनै अर्को वेब डेभलपरले जस्तै आफ्नो बोटलाई विकशित गर्न चाहन्छन्, जसबाट कामकाजी मानिसहरु पनि त्यसलाई प्रयोग गर्न चाहन्छन् । तर फेसबुक तथा त्यस्तै अन्यका प्रयोगकर्तालाई च्याटबोटको उपयोगिताका बारेमा बुझाउन अझै धेरै गर्न बाँकी छ ।

Kmेसबुकका संस्थापक मार्क जुकरबर्गले अघिल्लो वर्ष वेब डेभलपर्सहरुसँग भनेका थिए की मानिसहरुले एप बनाउन सकून् भनेर उनले मेसेन्जरलाई खुल्ला  राखेका छन् ।

तर सायद ती १४ वर्षका बच्चाले यस्तो गर्नसक्छन् भन्ने कुरा जुकरबर्गले विश्वास नगर्लान् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment