Comments Add Comment

यस्ती छिन् साउदी अरबकी सुन्दर अनि शक्तिशाली राजकुमारी

झट्ट हेर्दा लाग्छ, उनी बलिउड अभिनेत्री हुन् । तर जब उनको पृष्टभूमि थाहा हुन्छ, जिब्रो टोक्न बाध्य हुन्छौं ।

उनी अभिनेत्री होइनन्, तर सामन्य युवती पनि होइनन् । साउदी अरबकी राजकुमारी हुन् । बर्ष, ३३ । नाम, अमीरा अल तावील । अझ नजिकबाट, उनी अर्बपति राजकुमार अलवलीद बिन तलालकी पत्नी हुन् । जो ३२ बिलियन डलरका मालिक हुन् ।

तलालले तीन जनासँग बिवाह गरे । उनको अन्तिम तथा तेस्रो पत्नी हुन्, अमीरा ।

सुन्दर अनि शक्तिशाली

राजकुमारी अमीरासँग जोडिएका केहि घतलाग्दो पक्ष छ । जस्तो उनी, साउदी अरब जस्तो कठोर कानुन भएको मुलुकमा बुर्का छाडेर पश्चिमा फेसन गर्छिन् । उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक-अधिकारका लागि लड्छिन् ।

। साउदी अरबमा महिलाहरु खुलमखुला हिँड्न पाउादैनन् । उनीहरुले हरवखत आफुलाई बुर्काले लुकाउनुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजायको भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् ।

तर अपवाद हुन्, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफुलाई छोप्दैनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठाँटिएर हिँड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन्, त्यो मुलुकको ।

दयालु पनि

विश्वको थुप्रै देशमा चक्कर लगाइसकेकी उनी आधुनिक छिन् । त्यती मात्र होइन, उनी सहयोगी र दयालु पनि छिन् । आफुलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् । विश्वको कुनैपनि कुनामा आपत बिपत परेमा उनी सहयोगका लागि हात बढाउँछिन् । चाहे अफ्रिकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर देखिएकी छिन् ।

उनी स्वयम् आफ्ना मुलुकका महिलाहरुको हक अधिकारका लागि पनि लडिरहेकी छिन् ।  उनी अल-वलीद बिन तलाल फाउन्डेसनकी अध्यक्ष हुन् ।

दुखद बाल्यकाल

राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् । अमीरा सानै छँदा आमा बुवाको सम्बन्ध बिच्छेद भइसकेको थियो । अमीराले एबिए गरेकी छन् । उनी शिक्षित महिलामा गनिन्छन् ।

प्रेम सम्बन्ध

जब अमीरा १८ बर्षकी थिइन्, त्यसबेला राजकुमार अलवलीद बिन तलालसँग उनको भेट भयो । परीक्षाको सिलसिलामा उनीहरुको १० मिनेट भेटघाट भएको थियो । त्यसको ९ महिनापछि उनीहरुले बिवाह गरे ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment