Comments Add Comment

यी हिरोइनको हर्कतपछि शाहिदले लिए कडा फैसला

अतिले क्षति गर्छ । यो नेपाली उखानको नियती भोग्नुपरेको छ, अहिले एक भारतिय अभिनेत्रीलाई । उनी हुन्, कंगना रनवत ।

उनी बोल्ड र बिन्दास शैलीमा फिल्म ‘रंगुन’को प्रमोसनमा निस्किएकी छिन् । यो फिल्म आउँदो सुक्रवारदेखि सार्वजनिक हुँदैछ । विशाल भारद्वाज निर्देशित फिल्ममा शाहिदले कंगनासँग क्रिन शेयर गरेकी छिन् । घतलाग्दो त के भने, अहिले यी दुबैको सम्बन्ध पानी बाराबारको छ ।

भनिन्छ, फिल्म छायांकनको क्रममै उनीहरुबीच मनमुटाव भएको हो । पछि फिल्म प्रमोसनको बेला शाहिदले कंगनासँग एकसाथ उपस्थित हुन चाहेनन् । त्यही कारण कंगनाले फिल्म प्रमोसनमा शाहिदको खिल्ली उडाउन थाले ।

सुरुमा त शाहिदले यसलाई हल्का ठट्टाको रुपमा लिए । तर, कंगना रोकिएनन् । उनी शाहिदलाई लक्षित गर्दै जथाभावी टिप्पणी गर्न थालिन् । अन्ततः शाहिदलाई पनि मुख खोल्न करै लाग्यो । उनले फिल्म युनिटलाई गाली गर्दै भने, ‘अब म न फिल्मको प्रमोसनमा लाग्नेछु, न कंगनाको साथ कुनै शोमा उपस्थित हुनेछु ।’ उनले आफ्नो पिआर टिमलाई पनि कंगना सहभागी हुने कुनैपनि अन्र्तबार्तामा आफुलाई नराख्न आदेश दिइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment