Comments Add Comment

यी हुन् ‘बीग आइकन’का टप १० प्रतिस्पर्धी

११ वटा चरणपछि बिग आइकनको सातौँ संकरणले टप १० को यात्रा तय गरेको छ । १० औं चरणसम्म आइपुग्दा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएको यो सिजनको ‘बिग आइकन’ अन्र्तगत मंगलबार २ जना प्रतिस्पर्धी बाहिरिएपछि प्रतियोगितामा अब १० जनाबीच भिडन्त हुने भएको हो ।

यहि चरणदेखि प्रतिस्पर्धीहरुलाई अगाडिको यात्रा तय गर्नका लागि निर्णायकसँगै श्रोताको एसएमएस भोटले पनि मताधिकार राख्ने एफएमले जनाएको छ । उत्कृष्ट १० राउण्डमा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जीले भिड्दैछन् ।

पहिलो चरणको अडिसनमा लागि कुल १ हजार १ सय ५२ प्रतिस्पर्धीले सहभागीता जनाएका थिए । ‘यो पटक गायन प्रतिभाहरुको प्रस्तुतीले हामी निकै खुशी छौँ । निणर्ायकको हिसाबले भन्नुपर्दा हामीलाई पनि कतिपटक निर्णय लिन गाह्रो भएको छ । सबै एक से एक छन् ।’ निणर्ायक सुनील थापाले भने-‘राम्रा मध्येका पनि अझै राम्रा प्रतिस्पर्धीलाई हामीले उत्कृष्ट १० सम्म ल्याएका छौ । यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापा निणर्ायक छन् ।

आयोजक बिग एफएमले उत्कृष्ट १० जनाबीच हुने अबको प्रतिस्पर्धा आगामी शनिबार हुने बताएको छ । यो चरणपछि अब प्रतिस्पर्धीले सम्पूर्ण बाजागाजाहरुसहित गाउनुपर्नेछ । उत्कृष्ट १० देखि उत्कृष्ट ३ प्रतिस्पर्धी छनौट हुँदा सम्म प्रत्येक राउण्डमा १/१ जना प्रतिस्पर्धी बाहिरिदै जानेछन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी आइकनको मिडिया पार्टनर अनलाइनखबर डटकम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment