Comments Add Comment

२० डीआईजीको सरुवाः रानीपोखरीमा बमबहादुर, विमानस्थलमा पंकज (सूचीसहित)

बमबहादुर भण्डारी

११ फागुन, काठमाडौं । नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयले सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले बुधबार मात्र सार्वजनिक गरेको छ ।

यो सरुवामा प्रहरी महानिरीक्षकमा बढुवा गरिएका जयबहादुर चन्दविरुद्ध मुद्दा हाल्ने नवराज सिलवाल परेका छैनन् । उनी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा छन् ।

ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । अर्याल र भण्डारी पनि प्रहरी प्रमुख बढुवाका दावेदार थिए ।

अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ ।

हेर्नुहोस् सरुवा सूची

(सरुवा भएका डीआईजीहरूको संख्या २० हुनुपर्नेमा यसअघि अन्यथा भएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment