Comments Add Comment

ताराले सम्पदालाई के दिए ‘मायाको चिनो’ ?


संगीतकार ताराप्रकाश लिम्बुको संगीत तथा स्वरमा समावेश ‘मायाको चिनो’ बोलको गीतको भिडियोले अहिले राम्रै चर्चा पाइरहेको छ । सार्वजनिक भएको केहि महिनामै यसले श्रोताको राम्रो माया पनि पाएको छ । जनक पहारीको शब्द रहेको यो गीतको भिडियोमा संगीतकार तथा गायक ताराप्रकाशले मोडल सम्पदा बाँनियासँग मोडलिङ गरेका छन् ।

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको यो भिडियोमा रियास पहारी र जेनिशा बाल कलाकारको रुपमा देखिएका छन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई हरि हुँमागाइले खिचेका हुन् ।

जनकको ‘वियोन्ड’ एल्बममा समावेश ६ गीतमध्ये ‘मायाको चिनो’ एक गीत हो । बाँकी गीतको भिडियो पनि चाडै नै निर्माण गर्ने जनकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment