Comments Add Comment

‘लप्पन छप्पन’को ‘लैजा माया पोको पारेर’मा निश्चलको स्वर


चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा समावेश ‘लैजा माया पोको पारेर’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो भिडियोमा चलचित्रका मुख्य २ कलाकार सौगात मल्ल र दयाहाङ राइलाई फिचर गरिएको छ ।

गीतमा निर्देशक निश्चल बस्नेतको स्वर छ । साथमा, गीतको भिडियोमा निश्चललाई पनि देख्न सकिनेछ । गीतमा दीपक आरजेको शब्द तथा संगीत छ । डम्बर चन्दको निर्माणमा तयार भएको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र दयाका साथमा बर्षा सिवाकोटी, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रको छायांकन यूरोपमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment