Comments Add Comment

निर्वाचनविरुद्ध मधेसी मोर्चाको आन्दोलनमा भाग लिने नयाँ शक्ति सप्तरीको निर्णय

११ फागुन, काठमाडौं । स्थानीय तह चुनाव घोषणाविरुद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थालेको आन्दोलनमा नयाँ शक्ति नेपाल, सप्तरीले समर्थन जनाएको छ । साथै आन्दोलनमा सक्रिय सहभागिता जनाउने बताएको छ ।

नयाँ शक्तिको संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन र सर्वपक्षीय सरकार गठनसहित ६ बुँदे शर्त राख्दै विज्ञप्ति निकालेका छन् । नयाँ शक्तिको सप्तरी जिल्ला समितिले भने मधेसी मोर्चाको आन्दोलनमा एक्येवद्धता जनाएको छ ।

मधेसवादी दल र सत्तारुढ गठवन्धनबीच संविधान संशोधन गर्ने सहमति भएको र त्यसविपरित चुनाव घोषणा भएको भन्दै नयाँ शक्ति सप्तरीले भत्र्सना गरेको छ ।

सरकारको निर्णयबाट जानजाति, मधेसी, मुस्लिम, थारु लगायतका समुदायमाथि घात भएको भन्दै जिल्ला संयोजक छेदी रजक -विमल)द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेसी गठवन्धनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदौ आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आन्दोलनका लागि नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति सप्तरी काँधमा काँध मिलाउँदै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौं ।’

आन्दोलनमा पनि भाग लिने हो भन्ने प्रश्नमा उनले अनलाइनखबरसँग भने, ‘हामी सक्रिय सहभागिता जनाउँछौं ।’

पढ्नुहोस् नयाँ शक्ति नेपाल सप्तरीको विज्ञप्ति  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment