Comments Add Comment

सर्वोच्चमा प्रहरी प्रमुखको बहस हेर्दाहेर्दैमा

जयबहादुर चन्द

११ फागुन, काठमाडौं । जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालको दुबै रिटमाथि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा निवेदकको तर्फबाट बहस भएको छ ।

निवेदकको तर्फबाट ओमप्रकाश अर्याल, भिमार्जुन आचार्य, शम्भु थापा लगायतले बहस गरेका छन् । निवेदकको तर्फबाट नै थप बहस हुन बाँकी छ । त्यसपछि विपक्षीको तर्फबाट बहस हुनेछ ।

बहस नसकिएपछि हेर्दाहर्दैमा राखिएको छ । बहसका लागि कानुन व्यवसायीहरुको सूचीमा लामो भएकाले बहस केही दिन लम्बिन सक्छ ।

अधिवक्ता ढकालको रिटमा प्रारम्भीक सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment