Comments Add Comment

झापामा झमकलाई नागरिक अभिनन्दन

११ फागुन, झापा । झापामा साहित्यकार झमक घिमिरेलाई नागरिक अभिनन्दन गरिएको छ । बुधबार नागरिक समाज विर्तामोडको आयोजनामा भएको एक कार्यक्रममा उनलाई नगद ५१ हजारसहित अभिनन्दन गरिएको हो ।

घिमिरेलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नगदसहित अभिनन्दन पत्र हस्तान्तरण गरे ।  विर्तामोडका ८१ वटा सामाजिक संघसंस्थाले उनलाई अभिनन्दन गरेका हुन् ।

अभिनन्दनपछि कागजको टुक्रामा सन्देश लेख्दै उनले आफूले झापावासीको माया पटक-पटक पाएको भन्दै खुशी व्यक्त गरिन् ।

‘कोही बेला अपांगको कार्यक्रममा, कोही बेला आप्रवासीको दुःख पीडामा पलहमपट्टी लगाउन म झापा आएकी छु’, उनले लेखिन्, ‘मलाई झापाबासीले दिएको माया, ममता र स्नेहलाई जीवन्त राख्ने प्रयास गरेकी छु ।’

झापावासीले देखाएको सदभावले आफूलाई अझ सशक्त रुपमा अघि बढ्न प्रेरणा मिलेको उनले बताइन् ।

यसअघि उनलाई विभिन्न जातजातिको झाँकीसहित विर्तामोड नगर परिक्रमा गराइएको थियो ।

प्रतिमस्तिस्क रोगबाट पीडित घिमिरे विश्वकै १० प्रतिभावान साहित्यकारमध्ये एक भएकाले उनलाई अभिनन्दन गरेको बिर्तामोड नागरिक समाजका सचिव मेघराज बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment