Comments Add Comment

कंगनाको खुलासा-‘ऋतिकले करिअर सकिदिने धम्की दिएका थिए’


नायिका कंगना रनावत र नायक ऋतिक रोशनविचको लफडा त सबैलाई थाहा नै छ । ऋतिक र कंगना केहि समय प्रेममा रहे । जसकाकारणले गर्दा ऋतिकको घरवार समेत भत्कियो । तर, पछि प्रेम टुटेपछि ऋतिकले फिल्म ‘आशिकी ३’मा कंगनालाई नलिन सिफारिश गरे । यसपछि, कंगना र ऋतिकको सम्बन्ध बाहिर सार्वजनिक भयो र केहि महिना लफडा नै चल्यो ।

लफडा, प्रहरीसम्म पुग्यो । एक अर्काको विरुद्धमा बोल्न दुबैले छाडेनन् । तर, केहि महिनापछि दुबैको लफडा सकियो, प्रहरीले केस बन्द गर्‍यो । तर, लफडा सकिएको केहि महिनापछि कंगनाले फेरि दुइको सम्बन्धको बिषयमा सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

भारतीय मिडियासँग कुराकानीको क्रममा, कंगनाले आफूलाई ऋतिकको घरमै बोलाएर धम्की दिइएको खुलाएकी छिन् । उनले नाम नलिई भनेकी छिन्-‘एक बलिउडको ठूलो परिवारबाट मलाई घरमै बोलाइएको थियो । मलाई कुनै पनि कुरा बाहिर ल्याएको खण्डमा करिअर नै सक्ने धम्की दिइयो ।’ तर यो धम्कीले आफूलाई कुनै पनि फरक नपारेको कंगनाको भनाई छ ।

कंगनाले त्यो समयमा त आफूलाई कुनै डर नलागेको भन्दै, अहिले डर लाग्ने त कुनै कुरा नभएको प्रष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment