Comments Add Comment

यसरी घरमै बनाउन सकिन्छ बियर

गर्मी बढ्दैछ । यस्तो मौसममा चियो बियर घुट्क्याउनुको छुटै आनन्द छ । यद्यपी वियरको सेवन स्वास्थ्यका लागि राम्रो मानिदैन । यदि तपाई बियरको सौखिन हुनुहन्छ र स्वास्थ्यप्रति पनि सर्तक हुनुहुन्छ भने, यो विधी तपाईको लागि सहि लाग्न सक्छ ।

 

घरेलु विधीबाट वियर बनाउन सकिन्छ । यो स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । अदुवाको प्रयोगबाट तयार गरिने वियरले कोलोस्टर कम गर्नका सथै सुगर लेभल पनि नियन्त्रण गर्छ ।

अदुवाको वियर कागतिको रस र शक्करमो मिश्रणबाट घरमै तयार गर्न सकिन्छ । यो भिटामिन, प्रोवायोटिक्सका कारण स्वस्थ्यकर हुनका साथै कार्बोनेटेड डि्रंक पनि हो ।

आवश्यक सामग्री

– २ सय ग्राम बोक्रा ताछेर टुक्र बनाएको अदुवा
– ४ सय ५० मिलिलिटर पानी
– २० ग्राम नुन
– १ सय २० मिलिलिटर मिनरल वाटर
– एक सानो कचौरा कागती रस
– एक कागती स्लाइस
– थोरै अग्र्यानिक मह

बनाउने विधि

पानीलाई एउटा भाँडामा राखेर उमाल्ने । जब पानी उम्लन सुरु गर्छ, त्यसमा अदुवाको टुक्रा हालिदिने । पानीलाई चिसो हुन दिनुपर्छ ।

अब अर्को कपमा फिल्टर पानी लिने र त्यसमा शक्कर मिसाउने । यस मिश्रणलाई थोरै ताउने । शक्करको घोल तयार गर्ने ।

अर्को भाँडामा आधा कप अदुवाको जुसमा एक तिहाइक कप चिनी मिसाउने । यसमा मह र कागतिको रस मिसाउने । अब यसलाई प्लाष्टिकको बोत्तलमा राख्ने । यो बियरलाई चिसो बनाएर पिउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment