Comments Add Comment

अटो कर्जाको सीमा तोक्ने अधिकार बैंकलाई नै दिन नाडाको माग


११ फागुन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालले अटो क्षेत्रमा कर्जाको सीमा तोक्ने अधिकार बैंकहरुलाई नै दिन माग गरेको छ । एशोसियशनले ग्राहकको उचित पहिचान गरी कर्जाको सीमा तोक्ने जिम्मा बैंकरुलाई नै दिनुपर्ने माग गरेको हो ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एशोसियशनले सर्वसाधारणको उत्पादकत्वसँग जोडिएको अटो क्षेत्रमा कर्जाको सीमा तोक्नु उचित नभएको भन्दै निर्णय पुनर्बिचार गर्न राष्ट्र बैंकसँग माग गरेको छ ।

 

एसोशियसनका अध्यक्ष अन्जन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सबै नागरिकको आफ्नै सवारी होस् भन्ने गरी नीति ल्याउनुपर्ने अवस्थमा सवारी किन्न लागेकाहरुलाई पनि निरुत्साहन गर्ने गरी पछिल्लो निर्णय आएको उल्लेख छ ।
कुल जनसंख्यमा ७ प्रतिशतले मात्रै मोटरसाइकल र ०.७ प्रशितले मात्रै आफ्नै गाडी चढिरहेको वर्तमान सन्दर्भमा राज्यले लिने नीति दूरदर्शी हुनुपर्ने एसोशियसनको हठर छ ।

उसले बैंकमा लगानी योग्य पुँजी अभाव हुनुहलाई अटो क्षेत्रसँग जोडेर हेरिएको प्रतिपनि आपत्ति जनाएको छ ।
सरकारले सडक तथा यतायातको पूर्वाधारको निर्माणमा खासै काम नगर्न शहरमा सवारी ट्राफिक जाम बढेको भन्दै विज्ञप्तिमा त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ । त्यसको दाेष अटोमोबाइल क्षेत्रलाई दिएर राज्य पन्छिनु सही नभएको एसोशियसनको भनाइ छ ।

एसोशियसनले राजश्व परिचालन हुन नसक्दा आएको समस्याको दोष आटो क्षेत्रमाथि लगाइएको भन्दै त्यसलाई स्वीर्कान नसकिने स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment