Comments Add Comment

पेट्रोलियम ढुवानी ब्यवसायी पनि आन्दोलनमा, कमिसन नबढाए आपूर्ति रोक्ने !

निमगलाई दिइयो अल्टिमेटम


११ फागुन, काठमाडौं । पेट्रोलियम ढुवानी ब्यवसायीले पनि आन्दोलनको घोषणा गरेका छन् । तेल चोर्न नपाइने गरी ल्याइएको ढुवानी विनियमावली संशोधनको माग गर्दै ट्यांकर चालकहरु आन्दोलनमा रहेको मौका पारेर ब्यवसायीले पनि आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघले केही दिनअघि नै ४५ दिनको अल्टिमेटम दिँदै निगममा विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका छन् । र, ब्यवसायीहरुले कमिसन बढाउनुपर्ने माग पुरा नभए तेलको ढुवानी ठप्प पार्ने चेतावनी दिएको आयल निगम स्रोतले जानकारी दियो ।

निगमले ल्याएको ढुवानी बिनियमावलीमा असहमित जनाउँदै उनीहरुले चालकहरुको जसतै विभिन्न माग राखेका छन् । उनीहरुले २० वर्ष पुराना ट्याकंर चलाउन पाउनुपर्ने लगायतका माग पनि अघि सारेका छन् ।

निगमले उनीहरुको मागबरे अध्ययन गर्न एक समिति पनि बनाएको छ । यो समितिले ब्यवसायीले ढुवानीमा पाउँदै आएको कमिसनलाई ५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने माग गरेका छन् ।

अहिले पेट्रोलियम ढुवानीमा ब्यवसायीहरुले ३ देखि ३.५ प्रशितसम्म कमिसन पाउँदै आएका छन् । उनीहरुले ढुवानीका क्रममा प्राविधिक रुपमा हुने नोक्सानीलाई फेरि अध्धयन गरेर ढुवानी लागतको समेत हिसाब जोडेर कमिसन बढाउन माग गरेका छन् ।

निगमले ब्यवसायीको माग पुरा गर्नेबारे अध्ययन गर्न बनाएको समितिले अबको १५ दिनभित्र प्रतिवेदन दिनेछ । त्यसलगत्तै उनीहरुको कमिसन बढाउने प्रस्ताव निगमको सञ्चालक सहितमा पेश हुनेछ ।

अहिले ट्यांकर चालकले फागनु १५ गतेसम्मको अल्टिमेटम दिएर तेल ढुवानी गरिरहेका छन् । माग पुरा नभएर तेलको आपूर्ति नै रोकिने स्थिति आएको भन्दै निगमले तेल चेर्न नदिने गरी ल्याएको क्लेमेबबल लसको सीमालाई पुनर्बिचार गर्ने समझौता गरिसकेको छ ।

अब सञ्चालक समितिमा तेल ढुवानीका क्रममा चोरी भएको तेलको दोब्बर जरिवाना गर्ने नियम हटाउन प्रस्ताव पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment