Comments Add Comment

फेसबुकमा ट्रम्पलाई पछारे मोदीले, यी हुन् टपटेन फेसबुक सेलिब्रेटी नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेता बनेका छन् । अमेरिकाको पब्लिक रिलेसन्स एण्ड कम्यूनिकेसन्स र्फम भर्सन मार्सटेलरले सार्वजनिक गरेको रिपोर्ट अनुसार मोदीले फेसबुक लोकप्रियतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोश्रो स्थानमा धकेलेका छन् ।

 

मोदीलाई फेसबुक पेजमा ३ करोड ९९ लाख मानिस फलो गर्दछन् । जबकी ट्रम्पलाई एक करोड ९८ लाखले मात्र ।

रोचक कुरा त के भने फेसबुकमा लोकपि्रयताको तेश्रो नम्बरमा भारतीय प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै रहेको छ जसमा १ करोड ३० लाख फलोअर्स छन् ।

फेसबुकमा लोकपि्रयताको चौथो स्थानमा जोर्डनकी रानिया छिन् । त्यस्तै पाँचौमा टर्किका राष्ट्रपति रेसेफ टेइप एर्डोगान रहेका छन् । उनका फलोअर्सको संख्या ८० लाख छ ।

बर्सन मार्सटेलरले फेसबुकमा सबैभन्दा सक्रिय नेताहरुको सूचि पनि सार्वजनिक गरेको छ । यसमा सबैभन्दा सक्रिय फेसबुक अकाउन्ट इथियोपिया सरकारको छ । सक्रिय फेसबुक पेजमा बोत्स्वाना सरकारको फेसबुक पेज दोश्रो स्थानमा छ । सक्रियताको हिसाबले भारतीय विदेश मन्त्रालयको फेसबुक पेज सातौँ स्थानमा रहेको छ ।

रिपोर्ट अनुसार विश्वका ठूला नेताहरुका गरी फेसबुकमा कुल ३१ करोड १० लाख फलोअर्स छन् । उनीहरुले सन् २०१६ मा ३ लाख ९८ हजार ९८२ पोष्ट गरेका छन् फेसबुकमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment