Comments Add Comment

मतपत्र जनक शिक्षामा नै छापिने, छापाखाना चालु अवस्थामा राख्न निर्देशन


११ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावको मतपत्र जनकशिक्षा सामाग्री केन्द्रमा नै गर्ने भएको छ ।

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने तय भएको छ र, आयोगले बुधबार उम्मेदवारी दर्तासहित निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

आयोगले बुधबार मतपत्र छपाईबारे जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरुसँग छलफल गरेको थियो । बैठकमा जनक शिक्षाले मतपत्र छपाई गर्न सक्ने बताएको आयोगका सचिव गोपी मैनालीले जानकारी दिए ।

लगत्तै निर्वाचन आयोगले मतपत्र लगायतका छपाइका काम गर्न जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने बताएको छ ।

र, निर्वाचन सम्बन्धी मुद्रण कार्यलाई सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकता दिने व्यवस्था मिलाउन सरकारलाई भनेको छ ।

आयोगले सरकारलाई भनेको छ, ‘जनशिक्षा केन्द्रको छापाखानाको मर्मत सम्भार गर्नु पर्ने भए शीघ्र मर्मत समेत गरी चालु अवस्थामा राख्नू ।’

यो पनि पढ्नुहोस् 

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते

देशभरिका विद्यालय बैशाख २५ देखि ३१ सम्म बन्द हुने

चुनावमा ८० लिटरका मतपेटिका !

चुनावका चुनौतीः मतपत्र छाप्ने कागजदेखि भोट थाप्ने ढ्वाङसम्म !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment