Comments Add Comment

चुनावकै भोलिपल्ट राप्रपामा १५ केन्द्रीय सदस्य मनोनित

११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १५ केन्द्रीय सदस्य मनोनित गरेका छन् । एकता महाधिवेशनमा केन्द्रीय सदस्यका लागि चुनाव भएको भोलिपल्ट थापाले दिपक बोहोरासहित १५ जनालाई केन्द्रीय समस्य मनोनित गरेका हुन् ।

केन्द्रीय सदस्यका लागि भएको चुनावको परिणाम बुधबार विहान मात्र सार्वजनिक भएको थियो । साँझ उनले केन्द्रीय सदस्यहरु मनोनित गरेका छन् ।

मनोनित हुनेहरुमा दिपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, रामकुमार सुब्बा, दिलनाथ गिरी, नरेन्द्र चौधरी छन् । यस्तै रामचन्द्र राय, भीमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेत पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

राप्रपा र राप्रपा नेपालको एकताबीच भएको महाधिवेशनले कमल थापालाई अध्यक्षमा निर्वाचित गरेको छ । १६१ सदस्यीय केन्द्रीय समिकिा ९८ सदस्य चुनावबाट आएका छन् भने बाँकी अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment