Comments Add Comment

स्थानीय चुनावबारे काठमाडौंबासीको प्रश्न-कसलाई भोट हाल्नु ? (भिडियो रिपोर्ट)

३० वर्ष कटेका युवाले भने- अहिलेसम्म भोटै हाल्न पाएको छैन

१२ फागुन, काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि अनलाइनखबरको टोली ‘बुम’ लिएर काठमाडौंको सडकमा निस्कियो । त्यहाँ हामीले किशोर, युवा र प्रौढ तीनै पुस्ताका मानिसहरुसँग कुरा गर्‍यौं । अधिकांशको प्रश्न थियो- भोट त दिनु तर कसलाई ?

अर्को रोचक पक्ष के देखियो भने ३० वर्ष कटिसकेका युवाहरुले अहिलेसम्म स्थानीय जनप्रतिनिधिलाई मतदान गर्न नपाएको गुनासो पोखे । १९/२० वर्षयता स्थानीय निकायको चुनावै हुन नपाएका कारण यो पुस्ताले अहिलेसम्म लोकतन्त्रको अभ्यास गर्न नपाएको हो ।

युवाहरुको तुलनामा प्रौढ पुस्ताचाँहि चुनावप्रति अलि बढी आशक्त देखियो । तर, युवा र किशोर पुस्तामा भने वर्तमान राजनीतिक नेतृत्वप्रति चरम अविश्वास र एक प्रकारको आक्रोश समेत देखियो ।

तैपनि युवाहरुमा एउटा सानो भए पनि आशाको त्यान्द्रो भेटियो- राम्रो उम्मेद्वार आओस्, राज्यलाई तिरेको करको सदुपयोग होस् । अहिले यस्तो धुलोबाटोमा हिँड्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment