Comments Add Comment

किन मोटाइन अनुष्का सेट्टी

सिनेमाको भूमिका अनुसार आफ्नो चरित्रलाई जीवन्त तुल्याउनका निम्ति भारतिय कलाकार के गर्दैनन् ? कहिले अस्वभाविक मोटाइदिन्छन्, कहिले त्यही शरीरलाई जीरो फिगरमा ढाल्छन् ।

उदाहरण हुन्, अनुष्का सेट्टी । खासगरी तेलुगु फिल्मकी यि स्टारले एक फिल्मको लागि आफ्नो तौल आश्चर्यलाग्दो ढंगले बढाएकी छिन् । फिल्मको नाम हो, ‘साइज जीरो’ ।

साइज जीरोका लागि उनले आफ्नो तौल २० केजी बढाएकी हुन् । दक्षिण भारितय निर्देशक प्रकाश कोवेलामुदीको फिल्म ‘साइज जीरो’ मा उनले स्वटीको नामको एक युवतीको भूमिका निर्बाह गर्दैछिन् । उक्त युवती मोटो हुन्छिन् । त्यही चरित्रमा आफुलाई ढाल्नका लागि अनुष्काले २० केजी तौल बढाएकी हुन् । फिल्ममा उनका साथ आर्य, प्रकास राज, सोनल चौहान र उर्बसी मूख्य भूमिकामा छन् ।

त्यसो त ब्लाकबस्टर फिल्म ‘बाहुबली’मा उनले बाहुबलीकी पत्नी देवसेनाको भूमिका निर्बाह गरेकी थिइन् । अब बहुप्रतिक्षित ‘बाहुबलीः द कन्क्लूजन’मा पनि उनी देखिदैछन् । यो फिल्म २८ अपि्रल २०१७ मा सार्वजनिक हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment