Comments Add Comment

नेपाली मुलका बिभेश गुरुङ क्रिष्टल प्यालेसको पाँच महिने ट्रायलमा

१२ फागुन । नेपाली मुलका बेलायती नागरिक विभेश गुरुङ प्रिमियर लिग क्लब क्रिष्टल प्यालेसमा आवद्ध भएका छन् ।

यू-१६ मिडफिल्डर गुरुङ माइडस्टोन युनाइटेडबाट क्रिष्टल प्यालेस गएका हुन् । अन्य सर्त र सम्झौता अघि प्यालेसले उनलाई पाँच महिने ट्रायलका लागि बोलाएको हो ।

बेलायती अनलइन केन्टमा उल्लेख भएअनुसार गुरुङले दक्षिणी लण्डनको क्लब क्रिष्टल प्यालेसले गरेको छात्रबृतिको प्रस्ताव स्वीकार गरेका छन् र उनी आगामी जुलाइदेखि क्लवमा आवद्ध हुनेछन् ।

काउन्टीमा प्रतिनिधित्व गर्ने माइडस्टोनमा गुरुङ १८ महिनाअघि मात्रै आवद्ध भएका थिए । क्लवको वेबसाइटमा उनले भनेका छन्, ‘माइडस्टोनले मलाई जुन अनुभव र अवसर दिएको छ त्यसलाई म शब्दले धन्यबाद दिन सक्दिन । मेरो व्यवसायिक जीवनको सुरुवात गराउने यस क्लबप्रति म जीवनभर कृतज्ञ रहनेछु ।’

उनले सबैभन्दा धेरै धन्यबाद क्लवका प्रशिक्षकद्वय स्टिभ र बबलाई दिएका छन् । उनले भनेका छन्, ‘मलाई निरन्तर प्रशिक्षण गराउने र मेरो खेल कौशल बढाउन सहयोग गर्ने उहाँहरु वास्तवमै धन्यबादका पात्र हुनुहुन्छ ।’

अन्त्यमा मेरो टिममेटलाई धेरै धन्यबाद । जो मेरा निक्कै सुमधुर साथी रहे । उनीहरुकै साथ र सहयोगमा माइडस्टोनको मेरो अनुभव उत्कृष्ट रहृयो, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment