Comments Add Comment

फरक ‘हाम्रो पात्रो’ अब आइप्याड र एपल वाचमा पनि


१२ फागुन, भैरहवा । हाम्रो पात्रोले iOS -Version 4.2.14 मार्फत झन सरल, झन अकर्षक अनि नयाँ विशेषताहरू ल्याएको छ । यस पटकको यो अपडेटले आइफोनका ‘हाम्रो पात्रो’ प्रयोगकर्ताहरूले फरक अनुभव प्राप्त गर्नेछन् ।

हाम्रो पात्रोका संस्थापक तथा निर्माता शंकर उप्रेतिले भने , “यो अपडेट मुख्यतः हाम्रा प्रयोगकर्ताहरूलार्इ एप्लिकेशन प्रयोगका क्रममा एउटा फरक अनुभूति दिन सकियोस् भन्ने कुरामा हामी केन्द्रित रह्यौं, जस अनुरूप यसलार्इ हामीले अझै फास्ट, फ्युड र आकर्षक डिजाइन दिन सफल भएका छौं ।’

उनले थपे, ‘ हाम्रा लाखौं आदरणीय प्रयोगकर्ताहरूले प्रत्यक्ष, अप्रत्यक्ष निरन्तर दिनुभएको सुझाव र प्रतिक्रियाहरूका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हो ।

यसलार्इ  स्क्रोल गर्दा ६० Frame/Sec को गतिमा  स्क्रीन तलमाथि सर्छ,जसलार्इ प्रयोगकर्ताले स्तरीय अनुभव लिन सक्नुहुनेछ ।”


पछिल्लो अपडेटसँगै हाम्रो पात्रोले एपल वाचमा नेपालकै पहिलो एप्लिकेशनको रूपमा ‘हाम्रो पात्रो’ सार्वजनिक गरेको छ । यदि तपार्इं एपल वाचको प्रयोगकर्ता हुनुहुन्छ भने त्यसलार्इ आफ्नो आइफोनसंग Sync गरेर ताजा समाचारका हेडलाइन, रेडियो, तिथि-मितिहरू हेर्न सक्नुहुनेछ ।

यसबाहेक यस पटकको हाम्रो पात्रोको अपडेटले आइप्याडलार्इ विशेष प्राथमिकतामा राखेको छ । आइप्याड प्रयोगकर्ताहरूलार्इ हाम्रो पात्रो प्रयोगको राम्रो अनुभवका लागि एप्लिकेशनको मूल विशेषतासहित ताजा समाचारलार्इ एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ, जुन डिजाइनवाइज आकर्षक देखिन्छ ।

ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको छ, ठूला अक्षरमा समाचार पढ्नुको मज्जा, फोटो ग्यालेरीमा देखिने स्तरीय तस्बिर तथा अत्यन्त राम्रो अडियो क्वालिटिसहितका अनलार्इन रेडियोहरू लगायत एन्ड्रोइडमा भएको ती तमाम सुविधाहरूलार्इ यसले समेटेको छ ।

आइफोनमा ताजा समाचार देखाइने तरिका फरक छ, जसमा विभिन्न शिर्षकको समाचार क्रमहरू ठूलो-सानो तस्बिर सहित बेग्ला बेग्लै तरिकाले राखिएको छ । सिमिलर न्युज थप व्यवस्थित पारिएको छ जसलार्इ दायाँ बायाँ सारेर हेर्न मिल्ने व्यवस्था गरेको छ ।

अब भाइबर च्याट बट क्षण भरमैं

सन् २०१६को अन्त्यतिर भाइबरसँग आधिकारीक सहयात्रा थालेको हाम्रो पात्रोले भाइबरको पब्लिक अकाउण्टको प्रयोग गरी केवल १५-२० मिनेटमा च्याट बट बनाउन सकिने CMS(Content Management System) समेत सार्वजनिक गरेको छ।


भाइबरमा जो कोहीले पब्लिक अकाउण्टबनाएर त्यसको एकोहोरो कुराकानीको सुविधालार्इ इन्ट्रयाक्टिभ बनाउन सकिने, अथवा कुनै ब्राण्ड अथवा उत्पादनका ग्राहकहरू, प्रयोगकर्ताहरू, श्रोता, पाठक, दर्शकहरूसम्म मानवरहित AI (Artificial Inteligence) स्वचालित प्रविधिको प्रयोग गर्न सकिनेछ ।

यसकालागि भाइबरमा भएको पब्लिक अकाउण्टको Edit Info मा गएर त्यहाँ दिइएको Your App Key लार्इ https://hamrochatbot.appspot.com/admin/#/register यो लिंक खोलेपश्चात् आउने पेजमा पेस्ट गरी आफ्नो आवश्यक्ता अनुसारको च्याटबट तयार गर्न सकिने उप्रेतिले बताए ।

Viber मा ChatBotबनाउने बारे जानकारी यहाँ छः

https://support.viber.com/customer/portal/articles/2618216-creating-a-public-account

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment