Comments Add Comment

शिव सेनाले देखायो, मुम्बईमा को दाइ, को भाइ ?

शिव सेनाका प्रमुख उद्धव ठाकरे

१२ फागुन, काठमाडौं । बृहन्मुम्बई नगरपालिका (बीएमसी) को चुनावमा शिव सेना र लामो समय उसको मित्र रहेको भारतीय जनता पार्टीबीच टकराव थियो कि दाजु को हो र भाइ को हो ?

अहिलेसम्म आएको नतिजाले यसको जवाफ मिलेको छ । मुम्बईमा शिव सेना दाइ हो तर, थोरै अन्तरले ।

नतिजाले यो पनि देखाएको छ कि भाजपाको कद निकै अग्लो भएको छ । आफूसँग नाता तोडेर छुट्टै चुनाव लड्ने उद्धव ठाकरेको निर्णयबाट भाजपा धेरै खुशी हुनेछ ।

पछिल्लो चुनावमा भाजपाले ३१ सिट जितेको थियो । यसपटक उसले आफ्नो सिट संख्या ८१ पुर्‍याएको छ । जबकी शिव सेनाले ८४ स्थानमा सिजत हासिल गरेको छ । कांग्रेस केवल ३१ सिटमा समेटियो ।

हेर्नुहोस्  बीएमसीको चुनावी नतिजा

चुनावको ठीक अगाडि शिव सेनाका प्रमुख उद्धव ठाकरेले भाजपासँग २५ वर्ष पुरानो गठवन्धन तोडिदिएका थिए । सिटको बाँडफाँडमा उत्पन्न मतभेदका कारण उनले यो कदम उठाएको बताइएको थियो ।

तर, विशेषज्ञका अनुसार यसको खास कारण थियो राज्यमा बढ्दो भाजपाको लोकपि्रयता । अहिलेसम्म यी दुईको सम्वन्धमा शिवसेनालाई दाईको रुपमा हेरिँदै आएको थियो ।

तर, २०१४ मा एक साथ सम्पन्न आम चुनाव र विधानसभा चुनावमा भाजपाले पहिलोपटक शिवसेनाभन्दा बढी सीट जितेर दाइको दर्जा हासिल गरेको थियो । त्यसपछि अचानक सम्वन्धमा गडबडी पैदा भयो । शिव सेना राज्य र केन्द्र सरकारमा सहभागी त भयो तर मन नलागी-नलागी ।

उद्धव ठाकरेले एउटा सभामा प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना शिवाजीको विरोधी औरंगजेबका सेनापति अफजल खानसँग गरे । कहिले उनलाई हिटलरसँग तुलना गरे ।

उनले नोटबन्दीको विरुद्धमा पनि जमेर प्रचार गरे । उद्धव ठाकरे, भाजपा नेता र मुख्यमन्त्री देवेन्द्र फडणवीसको बीचमा पनि सम्वन्ध बिग्रिन थाल्यो । उद्धवले फडणवीसलाई दाइ मानेनन् जबकि फडणवीसले उनलाई हरेकपटक यो सम्झाए कि नातामा अब उनी दाइ हुन् ।

राज्यमा शिव सेनाको गिर्दो साख र भाजपाको बढ्दो लोकप्रियताका कारण शिव सेनाले बीएमसी चुनाव एक्लै लड्ने निर्णय लियो । बीएमसीको चुनावी रुझानबाट यो त प्रमाणित भयो कि वास्तविक संघर्ष शिवसेना र भाजपाको बीचमा थियो । कांग्रेस, महाराष्ट्र नवनिर्माण सेना र राष्ट्रवादी कांग्रेस पार्टीको लगभग सफाया भएको छ ।

यी नतिजाबाट यो पनि लगभग सावित भएको छ कि कमसेकम मुम्बईमा शिव सेना नै दाजु हो । फडणवीसले भनेका थिए कि बीएमसी चुनावमा जीतको श्रेय पार्टीलाई जानेछ र हारको जिम्मेवारी उनको हुनेछ ।

तर, नतिजाले देखाएको छ कि फडणवीस हारेर पनि हारेका छैनन् । बीएमसीका २२७ सीटमा १११ सीटको म्याजिकल नम्बर दुवैमध्ये कसैले पनि पाउने छैनन् ।

यदि २०१२ को नतिजातिर नजर लगाउने हो भने फडणवीस निराश हुने छैनन् । पछिल्लो चुनावमा उनको पार्टीलाई केवल ३१ सिट प्राप्त भएको थियो । यसपटक त्योभन्दा तीन गुणा बढी सिट जितेको छ ।

बीएमसीको वार्षिक बजेट ३७ हजार करोडको छ, जुन कयौं साना राज्यको बजेटभन्दा बढी हो । पछिल्लो २० वर्षसम्म यसमा शिव सेनाको कब्जा रहँदै आएको छ । यसले अक्सर भ्रष्टाचार र मनपरीतन्त्रको आरोप सामना गर्नुपरेको छ ।

उद्धव ठाकरेले भनेका थिए कि उनको पार्टी चुनावपछि सीट कम आए पनि भाजपासँग दोहोर्‍याएर हात मिलाउने छैनन् । हुनसक्छ कि उद्धव अब कांग्रेस र राष्ट्रवादी कांग्रेस पार्टीसँग मिलेर बीएमसीमाथि आफ्नो कब्जा जमाइराख्ने चाहन्छन् ।

मुम्बईमा भाजपाभन्दा बढी सीट जितेर शिव सेनाले दाजुको हैसियत कायम राख्न त सफल भयो, तर गठवन्धन तोडिदा वास्तविक फाइदा भाजपालाई भएको छ । यसको सीट मात्र बढेको छैन, भोट अनुपात पनि बढेको छ । कतै अर्को चुनावको नतिजामा यो शिवसेनामाथि हावी नहोस् ।

बीबीसी हिन्दीबाट अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment