Comments Add Comment

सनराइज बैंकको अगुवाईमा अन्नपुर्ण केवलकारको वित्तीय व्यवस्थापन


१२ फागुन, काठमाडौं । सनराइज बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक सहित संयुक्त सहभागितामा कास्कीको सराङकोटमा निमार्ण हुन लागेको २।३ किलोमिटर लामो केवलकार परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।

दुई बैंकको  सहवित्तियकरण लगानी गर्नेगरि  परियोजना अगाडी बढ्ने भएको हो । दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेका हुन् ।  अन्नपुर्ण केवल कार प्रालिको यो परियोजनाको कुल लागत रु. ८९ करोड ६० लाख अनुमान गरिएको छ ।

यो परियोजनामा बैकहरुले रु. ६६ करोड लगानी गर्ने छन् र यस आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment