Comments Add Comment

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा उदघाटन कांग्रेस सभापतिले गर्ने

वाशिंगटन डिसी । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभाको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुनेसाधारण सभालाईसफल बनाउन केन्द्रीय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिति’ गठन गरिएको छ ।

एक दिने सभाको लागि अमेरिकाका २८/३० वटा शाखाका पदाधिकारी, केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्यहरु, सल्लाहकार, शुभेक्षुक,कांग्रेससाग आबद्ध करिव ३ सय जनाको सहभागिता रहनेछ ।

साधारणसभाको उदघाटनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेपाली कांग्रेसका अन्य नेताहरु समेत आउने भएका छन् ।

साधारण सभाको साँझ बन्द सत्र तथा अमेरिकामा रहेका प्रख्यात कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।

नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ ।

केन्द्रीय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्ने भएको छ । सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा, बिधान संशोधन मस्यौदामा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ

केन्द्रीय उपसभापति तथा ‘साधारण सभा मुल तयारी समिती’ का संयोजक केशब बरालले वर्तमान अमेरिकन राजनैतिक परिवर्तनसँगै संस्थालाई कसरी अगाडी बढाउने, संस्था तथा शाखाको कार्यदिशा तय गर्ने, मार्गदर्शन, बिधान परिमार्जित गर्ने, शाखा तथा केन्द्रीय अधिवेशन तथा प्रक्रिया सम्बन्धी बिषयमा व्यापक छलफल गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment