Comments Add Comment

किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग

१३ फागुन, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग भएको मलेसिया प्रहरीले जनाएको छ ।

VX नर्भ एजेन्ट एक यस्तो रासायनिक हतियार हो, जसको सम्पर्कमा आएको क्षणभरमा ज्यान जानसक्छ ।

किम जोङ नामको १३ फेब्रुअरीमा को क्वालालम्पुर विमानस्थलमा फ्लाइट कुरिरहेको समयमा हत्या भएको थियो । उनीमाथि दुई महिलाले आक्रमण गरेका थिए । र, विमानस्थलबाट अस्पताल लैजाने क्रममा उनको मत्यु भएको थियो ।

छानविनका क्रममा उनको हत्यामा VX नर्भ एजेन्टको प्रयोग भएको पाइएको छ । VX नर्भ एजेन्टलाई संयुक्त राष्ट्रसंघले सामुहिक हत्या गर्ने रासायनिक हतियार भनेको छ । सबैभन्दा विषालु रासायनिक हतियार हो र यो रंगहीन र गन्धहीन हुन्छ ।

यसको एक थोपा मात्र पनि मानिसको छालामा पर्‍यो भने ज्यान जानसक्छ । साथै सास र आँखाबाट पनि शरीरमा फैलन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment