Comments Add Comment

विवाह र यौन सम्बन्धी केही अनौठा कानूनहरु, जो पत्याउन गाह्रो पर्दछ

दुनियाभर केही यस्ता कानून छन् जसका बारेमा सुन्दा निकै आश्चर्य हुन्छ । त्यस्ता कानून बेतुकका लाग्छन् कतिपय । विवाह र यौनका विषयमा रहेका अनौठा कानूनहरु केही यस्ता छन्:

स्वीडेनले आफ्ना नागरिकका लागि यस्ता कानून बनाउने गर्दछ जसले उनीहरुको जिवन सहज होस् । हालै त्यहाँ त्यस्तै कानूनको प्रस्ताव आएको छ, जसअनुसार त्यहाँका कामकाजी मानिसहरुलाई अफिसमा दिनको एक घण्टा छुट्टी दिइनेछ । जसका कारण उनीहरु आफ्नो घर गएर पार्टनर सँग सेक्स गर्न पाउन् । यस्तो सेक्स विदा तलबी हुनेछ ।

साउदी अरबमा विहेअघि सेक्स गर्नु गैरकानूनी छ । यदि बिहे अघि कोही मानिस सेक्स गरेको अवस्थामा पक्रियो भने उसले कडा सजायँ पाउँदछ ।

हंगेरीमा झनै अनौठो कानून छ । जसअनुसार त्यहाँ जोडीहरु अँध्यारोमा बत्ती बालेर सेक्स गर्न पाउँदैनन् । यदि त्यसो गरेको भेटिएमा जरिवाना र जेल सजायँ समेत भोग्नुपर्दछ ।

 

अमेरिकाको इओवामा यदि कुनै पुरुषको दाह्रीजुँगा आएको भएमा उसले महिलालाई सार्वजनिक स्थानमा चुम्बन गर्न पाउँदैनन् । चुम्बन गर्नका लागि दाह्रीजुँगा काट्नुपर्दछ ।

हंगकंगमा आफ्नो धोकेबाज पतिलाई महिलाले हत्या गर्न पाउँदछन् । शर्त मात्र यत्ति हुन्छ की धोकेबाज पतिको हत्या गर्दा कुनै हतियार प्रयोग गर्न पाइँदैन हातले मार्नुपर्दछ ।

अमेरिकाको मेरिल्याण्डमा कुनैपनि दम्पत्ति एक मिनेट भन्दा बढी एक अर्कालाई किस गर्न पाउँदैनन् । यस्तो गर्नु गैरकानूनी हुन्छ र सजायँ पनि हुनसक्छ ।

साउथ क्यारोलिनामा विना प्रपोज बिहे गर्न पाइँदैन । तर एकपटक इन्गेजमेन्ट गरिसकेपछि बिहे गर्नु अनिवार्य हुन्छ । इन्गेजमेन्ट गरेको केटीलाई बिहे नगरेमा ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment