Comments Add Comment

दुई दशकपछि म्यान्मारमा हिमालयले थाल्यो सीधा उडान


१३ फागुन, काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–यांगून(रंगुन) उडान थालनी गरेकोे छ । योसँगै फेरि नेपाल र म्यान्मारबीच  हवाई सम्पर्क जोडिएको छ।

भर्खरैमात्र नयाँ एयरबस विमान ल्याएको हिमालयले हिमालयले हप्ताको दुई दिन उडान भर्ने छ। सोमबार र शुक्रबार उडान भर्ने हिमालयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः५५ बजे उड्ने छ भने २ः१५ मा यांगुन पुग्नेछ।

त्यसपछि ३ः१५ मा यांगुनबाट काठमाडौंका लागि उड्ने हिमालयको एच नाइन ८९३ नम्बरको उडान बेलुका ५ः१५ मा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

दुई दशक अगाडि नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट म्यानमारमा उडान भर्ने  गरेको थियो। त्यसपछि टुटेको हवाईसम्पर्क आजदेखि  जोडिएको र दुई देश बीचको सम्पर्क स्थापना भएको छ।

नेपाली भाषीहरु म्यानमारमा धेरै रहेको र बुद्ध धर्मालम्बीहरु पनि त्यत्तिकै मात्रामा रहेको म्यानमारमा हिमालयको प्रत्यक्ष उडानपछि त्यहाँबाट नेपाल आउनेहरुको संख्या बृद्धि हुने हिमालयले विश्वास लिएको छ।


काठमाडौं–यांगुन– काठमाडौं राउन्ड ट्रिपको सुरुवाती भाडा २९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसमा सरकारी कर समाबेस गरिएको छैन ।

नेपाल-चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालयको चौंथो गन्तव्य हो। यसअघि हिमालयले कतारको दोहा,श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा उडान भरिरहेको छ।

म्यानमारका राजदूतावासका राजदूत ल्वीनआँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए ।

नियमित उडानबारे टिप्पणी गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट श्रेष्ठले भने-‘ एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पुर्‍याउने छ ।

काठमाण्डौं-याङगुनहवाई यात्राको सुरुवातसँगै हिमालय एअरलाईन्स्ले नेपाल र म्यानमारका यात्रुवर्गहरु प्रति लक्षित गरी बढी छनोटका अवसरहरु प्रदान गर्दै आफ्नो सञ्जाल क्रमशःअभिवृद्धि गर्दै लानेछ ।’

एअरलाईन्सले युनिक एसिया ट्राभल एउण्ड टुर्सलाई म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमायसले एअरलाईन्स्को बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment