Comments Add Comment

मनाङले २ गोलको अग्रता जोगाउन सकेन, अबहानीसँग बराबरी खेल्यो

१३ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले दुई गोलको अग्रता जोगाउन नसक्दा शेख कमल इन्टरनेशनल कपमा चिटगोङ अबहानीसँग बराबरी खेलेको छ । यससँगै अघिल्लो चरण प्रवेश सम्भावना कमजोर भएको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा मनाङले चिटगोङ अबहानीसँग २-२ को बराबरी खेल्यो ।

खेलमा मनाङले तेस्रो मिनेटमा ओलाडिपोको गोलबाट अग्रता लिएको थियो । उनले २२ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

तर, ३२ औं मिनेटमा नासिरले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ६३ औं मिनेटमा उसले पेनाल्टी पायो र सहजै गोल गर्दै २-२ को बराबरी गर्‍यो ।

खेलमा फर्कने मनाङको प्रयास सफल हुन सकेन र २-२ को बराबरीमा चित्त बुझायो ।

बराबरीसँगै चिटगोङ अबहानी अघिल्लो चरणमा पुगेको छ । एक खेलमा जित र एकमा हार व्यहोरेको मनाङका लागि भने अर्को खेलको नजिता कुर्नुपर्ने भएको छ ।

यदि ढाका मोहाम्मडनले शाहीन आस्मायलाई हराएमात्र मनाङ अघिल्लो चरण पुग्नसक्छ । बराबरी वा जितले आस्माय अघिल्लो चरण पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment