Comments Add Comment

दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा


१३ फागुन, दैलेख । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले ऐतिहासिक तथा धार्मिक महत्वको दैलेख जिल्लालाई ६ नम्बर प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।

दैलेख पर्यटन महोत्सव लगायतका कार्यक्रममा सहभागी हुन दैलेख पुगेका मन्त्री शाहीले शुक्रबार सो कुरा बताएका हुन् ।

मन्त्री शाहीले भने, ‘दैलेख पर्यटककीय महत्व बोकेको जिल्ला हो । पुरातात्विक हिसाबले पनि उत्तिकै महत्वपूर्ण । त्यसैले यो जिल्लालाई छ नम्बर प्रदेशको पर्यटन हब बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले महाशिवरात्रीको अवसर पारेर ऐतिहासिक दैलेखको शिरस्थान ज्वालामुखीमा कालभैरब मन्दिरको शिलान्यास गर्दै यसको निर्माणसँगै धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री शाहीले पन्चदेवल, बेलासपुरको मन्दिर, शिरस्थानको ज्वालामुखी र दुल्लुमा रहेका शिलालेखको ऐतिहासिक महत्व भएको भन्दै त्यसको संरक्षण र प्रवर्द्धन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

शुक्रबार नै दैलेख दलित संघको पाँचौ जिल्ला अधिवेशन उदघाटन गर्दै मन्त्री शाहीले आगामी स्थानीय चुनावमा नेपाली कांग्रेसलाई दैलेखका सबै नगरपालिका र गाउँपालिकामा बिजयी गराउन जिल्लाका कांग्रेस नेता-कार्यकर्ताहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment