Comments Add Comment

चुनावको दुई महिना अघि मतदाता परिचय पत्र छाप्न बोलपत्र आह्वान


१४ फागुन, काठमाडौं । स्थानीय तह चुनावको मिति घोषणा भइसकेपछि निर्वाचन आयोगले मतदाता परिचय पत्र छाप्ने प्रक्रिया अघि बढाएको छ । चुनाव आउन दुई महिना बाँकी भएका बेला आयोगले सार्बजनिक सूचना निकालेर बोलपत्र आह्वान गरेको छ ।

आयोगका अनुसार मतदाता परिचय पत्र छाप्न इच्छुक सरकारी, अर्धसरकारी र निजी कम्पनिले फागुन २० गते पाँच बजेभित्र बोलपत्र फारम खरिद गरी २१ गते १२ बजेभित्र प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न सक्नेछन् ।

बोलपत्र फारमसँगै र्फम दर्ताको प्रमाणपत्र, मु.अ. कर दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०७२/०७३ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि र १० हजार रुपैयाँ दस्तुर बुझाएको रसिद संलग्न गर्नुपर्ने छ ।

छपाइ गर्नुपर्ने मतदाता परिचयपत्रको स्पेसिफिकेशन र परिमाणको विवरण आयोग सचिवालयको प्रशासन (स्टोर) शाखामा पाइने छ । मतदाता परिचय पत्र आयोग परिसरमा आयोगकै निगरानीमा छपाइ गर्नुपर्ने छ ।

हेर्नुहोस् निर्वाचन आयोगको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment