Comments Add Comment

ब्यवसायी सुमार्गी अब गितकार, आमाको सम्झनामा बन्यो यस्तो गीत (भिडियोसहित)

काठमाडौं । गीतकार अस्मिता सुमार्गीको गितीसंग्रह ‘अस्मिता’मा संग्रहित ‘यस्तो पल…(आमा)’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा दिया मास्के, रस्मी भट्ट, निशा भुसाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा दिया आफैले कोरियोग्राफि गरेकी छन् ।

थियटर प्रस्तुतीको शैलीमा निर्माण गरिएको उक्त भिडियोको निर्देशन सुवर्ण थापाले गरेका हुन् । सुनगाभा, फन्को, बाटोमुनिको फूल-२ लगायतका चलचित्र निर्देशन गरिसकेका थापाले पहिलोपटक म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

संगिता प्रधानको स्वर रहेको गीतमा विश्व नेपालीको संगीत छ ।

आफ्नो दिवंगत आमाको स्मृतिमा गीत लेखेको सुमार्गीले बताइन् ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment