Comments Add Comment

बेल्जियम कांग्रेसमा सापकोटा भर्सेस सापकोटा

बार्सिलोना । नेपाली जनसम्पर्क समिति बेल्जियमको आगामी नेतृत्वका लागि दुई जनाले उम्मेद्वारी घोषणा गरेका छन्। समितिको चौथो अधिवेशनका लागि सीता सापकोटा र माधव सापकोटाले अध्यक्ष पदका लागि दाबी गरेका हुन्।

सामाजिक संजाल मार्फत आफू अध्यक्ष पदमा उभिने घोषणा गर्दै महिला नेतृ सापकोटाले लेखेकी छन्, ‘अग्रजहरुलाई सम्मान,युवाहरुलाई प्रोत्साहन सुदृढ संगठन र सामाजिक एकता मेरो अभियान’ हो।

बेल्जियमबासी कांग्रेसीहरुको एकल उम्मेद्बार बन्ने कोसिस गर्ने छु तथापी निर्वाचनमा जानै परे पनि, साथिहरुसँग मिलेर एक पद-एक ब्यक्ति एक कार्यकालको सिद्धान्तलाई मनन गर्दै अध्यक्ष पदमा उभिने छु ।’

सापकोटा कांग्रेसको १३ औं महाधिवेशनका लागि बेल्जियमबाट महासमिति सदस्यमा चयन भएकी थिइन्।

यस्तै अर्का दाबेदार सापकोटाले पनि नयाँ कृयाशिल युवालाई प्रोत्साहन दिलाउन आफ्नो उम्मेदवारी रहने जनाएका छन्। सापकोटाले लेखेका छन्, ‘संस्थाको बृहत् हित र नेपाल, नेपाली र बेल्जियमबासी सबै नेपाली बिचमा एकता र सदभाव को लागि मेरो प्रतिबद्धता हो। बेल्जियमबासी कांग्रेसजनहरुको एकल उम्मेद्वार बन्ने कोशिस गर्ने छु, तथापी निर्वाचनमा जानै परे पनि तयार छु।’

सापकोटा समितिका पूर्व उपाध्यक्ष हुन्।

मार्च ५ तारिख हुने अधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला बेल्जियम आउने समितिका अध्यक्ष सुबास जोशीले जानकारी दिए। यस्तै केन्द्रीय प्रतिनिधिको रुपमा सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य द्वय एनपी साउद र चन्द भण्डारी पनि अधिवेशनमा सहभागी बन्ने भएका छन्।

जनसम्पर्क समिति बेल्जियममा सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिख नयाँ कार्यसमितिका लागि मतदान हुँदै छ। अध्यक्ष जोशीका अनुसार १ हजार ३ सय २७ सदस्यहरुले मतदानमा भाग लिनेछन्। स्रोतका अनुसार दुवै प्रत्यासी सापकोटाले आ-आफ्नो प्यानल बनाउने तयारी थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment