Comments Add Comment

भूकम्पपीडितको अवस्था पूर्व सांसद बुझ्न गाउँ पुगे

१४ फागुन, रसुवा । पूर्व सांसद मञ्चका पदाधिकारीद्वारा रसुवा जिल्लाका भूकम्प प्रभावित बासिन्दाको अवस्था र पुनःनिर्माणमा भएको कार्यप्रगतिका बारेमा शुक्रबार स्थलगत निरीक्षण गरेको छ ।

भूकम्प प्रभावित छेकु लामाका अनुसार भूकम्पले जमिन क्षति पुर्याई बेत्रावती क्षेत्रमा बसोबास गर्ने हाकु र डाँडागाउँ गाविसका बासिन्दाको शिविरमा पुगी पूर्व सांसद मञ्चका पदाधिकारीले स्थलगत निरीक्षण गरे ।

स्थलगत भ्रमणमा मञ्चका अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह, सदस्य सुरेन्द्र हमाल, वीरबहादुर सिंह, नरबहादुर हमाल, देवराज घिमिरे, हिक्मतबहादुर शाही, शीला यादव र कार्यक्रम संयोजक डा रमेशबहादुर थापा समेत रहनुभएको बताइएको छ ।

सो टोलीले यहाँका सरोकारवाला निकायबीच भूकम्पले पुर्याएको क्षति र पुनःनिर्माणको बारेमा जानकारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment